• २१ असोज २०८३, बुधबार
  • १२ः२९ राती

किन आज ट्रम्प र पुटिनबीच हुँदै भेटवार्ता ?

प्रकाशित मिति

२०८२ श्रावण ३० गते, शुक्रबार १२:५२

श्रावण  ३०,२०८२ काठमाडौं—रुस–युक्रेन युद्ध अन्त्यका प्रयासस्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा वार्ता हुँदैछ। यद्यपि, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली युनियनले वार्तामा असहमति जनाएका छन्।

National Life

क्रेमलिनका सल्लाहकार युरी उशाकोभका अनुसार, भेटको मुख्य एजेन्डा युक्रेन युद्ध हुनेछ। साथै, दुवै नेताले व्यापार, आर्थिक सहकार्य, शान्ति तथा सुरक्षा सुनिश्चितता, र अन्य अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा पनि छलफल गर्नेछन्।

अमेरिका र युरोपेली युनियनले जेलेन्स्कीलाई वार्तामा सामेल गराउने प्रयास गरेका थिए, तर उनले सहभागी हुन अस्वीकार गरेका छन्। जेलेन्स्कीले युद्धरत एक पक्षलाई अलग राखेर हुने वार्ता युक्रेनका लागि मान्य नहुने बताउँदै भू–भागको भविष्यबारे चिन्ता व्यक्त गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

रुसी प्रतिनिधिमण्डलमा उशाकोभसहित विदेश मन्त्री सेर्गेई लावरोभ, रक्षा मन्त्री आन्द्रे बेलोसोभ, अर्थ मन्त्री एन्टोन सिलुआनोभ र व्यापारी किरिल दिमित्रिएभ सहभागी हुने क्रेमलिनले जनाएको छ।

प्रतिकृया