• २१ असोज २०८३, बुधबार
  • १२ः२९ राती

प्रभु बैंकका ग्राहकले मेडिप्लस हस्पिटलमा २५ प्रतिशतसम्म छुट पाउने

प्रकाशित मिति

२०८२ श्रावण ३० गते, शुक्रबार १२:५९

श्रावण  ३०,२०८२ काठमाडौं—प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका–११, रानीपौवास्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.बीच स्वास्थ्य सेवामा विशेष छुटको सम्झौता भएको छ। साउन २९ गते सम्पन्न कार्यक्रममा, हस्पिटलका अध्यक्ष आनन्द भट्टराई र प्रभु बैंकका प्रमुख व्यवसाय केन्द्र अधिकृत (एन.बि.सि.ओ.) राजु राना मगरले सम्झौता पत्रमा हस्ताक्षर गरे।

National Life

सम्झौता अनुसार, प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिट वा क्रेडिट कार्ड तथा अन्य विद्युतीय भुक्तानी माध्यम प्रयोग गरी मेडिप्लस हस्पिटलमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा १० देखि २५ प्रतिशतसम्म छुट पाउनेछन्। यो सुविधा विशेष गरी बैंकका कर्मचारी र ग्राहकहरूलाई अतिरिक्त हेरचाह प्रदान गर्ने योजनाअन्तर्गत लागू गरिएको बैंकले जनाएको छ।

रानीपौवामा अवस्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरले आपतकालीन उपचारसहित विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। अत्याधुनिक उपकरण र दक्ष चिकित्सक टोलीसहित सञ्चालनमा रहेको यो हस्पिटलले गुणस्तरीय सेवा र सुविधाका कारण स्थानीयवासीमा लोकप्रियता हासिल गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रभु बैंकले ग्राहक–केन्द्रित सेवामा निरन्तर नयाँ योजना ल्याउने क्रममा स्वास्थ्य क्षेत्रसँगको सहकार्यलाई महत्वपूर्ण मानेको छ। यस सम्झौताबाट बैंकका कर्मचारी मात्र नभई ग्राहकहरूले पनि प्रत्यक्ष लाभ पाउने भएकाले, यसले वित्तीय तथा स्वास्थ्य सेवा क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रतिकृया