अब ९७ हिमाल आरोहण गर्न शुल्क नलाग्ने (सूचीसहित)
प्रकाशित मिति
२०८२ श्रावण ३० गते, शुक्रबार १२:३९
श्रावण ३०,२०८२ काठमाडौं —पर्यटन प्रवर्द्धनका उद्देश्यले सरकारले सुदूरपश्चिम र कर्णाली प्रदेशका ९७ वटा हिमालको आरोहण शुल्क दुई वर्षका लागि निःशुल्क गर्ने निर्णय गरेको छ। १८ साउनमा बसेको मन्त्रिपरिषद बैठकले आगामी दुई वर्षसम्म यी प्रदेशका सम्पूर्ण हिमाल आरोहण निःशुल्क बनाउने निर्णय गरेको हो।
निर्णयअनुसार, निःशुल्क खुला गरिएका हिमालमध्ये तीनवटा सात हजार मिटरभन्दा माथिका छन्। यी हिमालहरू आरोहण गर्दा विदेशी पर्यटकले साधारणतया १७५ डलरदेखि ५०० डलरसम्म सलामी शुल्क तिर्नुपर्ने व्यवस्था थियो।
सूचीमा अपि, नाम्पा चुली, सैपाल इस्ट, जेठी बहुरानी, सैपाल, कान्ति कान्जिरोवा नर्थ, पुथा वेस्ट लगायतका हिमालहरू समावेश छन्। सरकारले यो निर्णयलाई दुर्गम क्षेत्रमा पर्यटन प्रवाह बढाउने र स्थानीय आर्थिक गतिविधि सशक्त पार्ने अवसरका रूपमा लिएको छ।
यी हुन् निःशुल्क चढ्न सकिने हिमालहरु
.jpg)








प्रतिकृया