• २१ असोज २०८३, बुधबार
  • १ः११ राती

पशुपति आर्यघाटमा शवको हड्डी र खरानी बेच्ने गिरोहका दुई जना थप पक्राउ

प्रकाशित मिति

२०८२ श्रावण २९ गते, बिहीबार ०१:२८

श्रावण २९,२०८२ काठमाडौं — पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी र खरानी निकालेर बेच्ने गिरोहमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन्।

National Life

पक्राउ पर्नेमा सर्लाही, लालबन्दी–२ स्थायी घर भई हाल काठमाडौं, बूढानीलकण्ठ–१२, कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी, बलानबिहुल–६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–७, गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन्।

पक्राउ परेका ठाकुरको साथबाट प्लास्टिकको पोकोमा हड्डीको धुलो र खरानी जस्तो देखिने वस्तु बरामद भएको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि प्रहरीले शवबाट हड्डी निकालेर बेचेको आरोपमा गणेशप्रसाद ढकाल (जीवनाथ ढकाल) र विनायक मैनालीलाई नियन्त्रणमा लिइसकेको थियो। २३ साउनमा दिउँसो पशुपति आर्यघाट–२ नम्बर चितामा जलिरहेको शवबाट उनीहरूले हड्डी र खरानी निकालेर बिक्री गरेको आरोप उनीहरूमाथि लागेको छ।

ढकाल र मैनालीलाई प्रहरी वृत्त गौशालामा हिरासतमा राखेर अनुसन्धान जारी रहेको छ।

प्रतिकृया