• ४ साउन २०८३, सोमबार
  • ५:१३ बिहान

मनकामना इन्जिनियरिङ हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने

प्रकाशित मिति

२०८२ श्रावण २९ गते, बिहीबार १२:२०

श्रावण २९,२०८२ काठमाडौं — मनकामना इन्जिनियरिङ हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्न विशेष प्रस्तावसहित पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीले भदौ २० गते शुक्रबार रोयल दरबार रेष्ट्रो एण्ड भेन्यु, महाराजगंज मा सभा बस्ने जनाएको छ।

सभामा पूँजी वृद्धि, प्रबन्धपत्र नियमावली संशोधन र हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव प्रस्तुत गरिनेछ। साथै, आव २०८१–८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र सोही आवको लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरणमाथि छलफल गर्ने प्रस्ताव पनि राखिनेछ।

Kamana Sewa

प्रतिकृया