• २१ असोज २०८३, बुधबार
  • १ः१२ राती

भारत भ्रमणअघि चीन जाने तयारीमा प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०८२ श्रावण २९ गते, बिहीबार १२:०८

श्रावण २९,२०८२ काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली दुई सातापछि चीन भ्रमणमा जाने भएका छन्। उनी चीनमा हुने सङ्घाइ सहयोग संस्था (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन लागेका हुन्।

National Life

दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भेट गर्ने सम्भावना रहेको छ। भारत भ्रमणमा जाने तयारीको बीचमा हुने चीन भ्रमणलाई राजनीतिक रूपमा पनि चासोका साथ हेरिएको छ।

नेपाल सन् २०२० देखि एससिओको संवाद साझेदारको रूपमा रहँदै आएको छ। सन् २००१ मा स्थापना भएको एससिओमा हाल बेलारुस, चीन, भारत, इरान, काजाकिस्तान, किर्गिस्तान, पाकिस्तान, रूस, ताजिकिस्तान र उज्बेकिस्तान गरी १० सदस्य मुलुक छन्।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, अर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया र युएई गरी १४ देश संवाद साझेदार छन्। सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित सदस्य राष्ट्रका शीर्ष नेताहरू सहभागी हुनेछन्। प्रधानमन्त्री ओलीको भारत भ्रमण भने भदौ ३१ गते हुने तय भएको छ।

प्रतिकृया