• ३ साउन २०८३, आइतबार
  • ३:४१ बेलुका

भक्तपुरमा विशेष कार्यक्रमसहित विश्व अंगदान दिवस मनाइयो

प्रकाशित मिति

२०८२ श्रावण २९ गते, बिहीबार १०:४९

श्रावण २९,२०८२ काठमाडौं —अंग्रजी वर्षको अगष्ट १३ तारिखको दिन संसार भरी विश्व अंगदान दिवस मनाइने गरिन्छ जसले अंगदान गर्दा कति धेरै ज्यानहरु बाच्न सक्दछन् भन्ने सन्देश प्रबाह गर्दछ ।

यसै सन्दर्भमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा एक विशेष कार्यक्रममको आयोजना गरी विश्व अंगदान दिवस मनाइएको छ । यसले अंगदान दिवस सम्बन्धि जनचेतना अभिवृद्धि गर्नुका साथै अंगदान सम्बन्धि भ्रम र दुश्प्रचार लाई कम गर्नुको साथै सबैलाई अंगदान गर्नमा प्रोत्साहित गर्ने छ जसबाट अंग दाता र ग्रहण कर्ताको मागको खाडल परिपूर्ति हुने विश्वास गरिएको छ ।

Kamana Sewa

नेपालमा नसर्ने रोग मृत्यूको प्रमुख कारण (७२%) भई सकेको छ जसबाट विभिन्न अंगहरु फेल भई मृत्यू हुने गर्दछ । अंग फेल भएको व्यक्तिहरुको अंग प्रत्यारोपण गर्न सके धेरै विरामीको ज्यान बचाउन सकिन्छ । अंग दान विना प्रत्यारोपणको कल्पना समेत गर्न सकिदैन । यस पटकको विश्व अंगदान दिवसको नारा “Answering the Call “आह्वान स्वीकार गर्दै” भन्ने रहेको छ । अंगदानमा जात जाती धर्म, वर्गको कुनै विभेद हुनु हुँदैन भन्ने कुरालाई पहिलो प्राथमिकतामा राखी यो दिवस मनाउने गरिएको हो ।

Classic Tech Desktop

नेपालमा बर्षेनी करीब ३,००० जनाको मृगौला फेल र १००० जनाको कलेजो फेल हुने भएकोले र उनीहरु मध्ये कायैंको केहीको अंग नपाएर अकालमा मृत्यु हने गरेको कुरा केन्द्रका प्रमुख कन्सल्टेन्ट नेफ्रोलोजिष्ट तथा मस्तिष्क मृत्यु पश्चात हुने अंगदान र प्रत्यारोपण सम्बन्धी समन्वय इकाइ संयोजक डा. कल्पना कुमारी श्रेष्ठले बताइन । पश्चिमा मुलुकमा मस्तिष्क मृत्यू पश्चात प्राप्त अंगबाट ८०% भन्दा बढी प्रत्यारोपण हृुने गरेकोमा अधिकांश एशियाली राष्ट्रहरुमा उक्त कार्य कम मात्रामा हुने गरेको छ । हाम्रो जस्तो स्वस्थ्य जिवित व्यक्तिबाट अंग निकाली अर्को व्यक्तिमा अंग प्रत्यारोपण गर्दा अंग दातामा जोखिम हुने संभावना रहन्छ । यदि मस्तिष्क मृत्यू पश्चात हुने अंग दान बाट प्रत्यारोपण हुन सकेमा दाताको जोखिमको चिन्ता गर्नु नपर्ने र सडेर जाने वा खरानी भएर जाने अंग कसैको पुर्नजिवनको लागि प्रयोग हुने कुरा डा श्रेष्ठले बताइन ।

मस्तिष्क मृत्यू अंगदाता उपलब्ध गराएकोमा काठमाण्डौ मेडिकल कलेज, सिनामंगल, काठमाण्डौलाई सम्मान गरिँदै

आजको दिनसम्म आई पुग्दा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर देशमा सबै भन्दा धेरै (देशको दुई तिहाई) मृर्गौला र कलेजो प्रत्यारोपण गर्ने संस्थाको रुपमा स्थापित भइसकेको छ । केन्द्रमा भएका करिब १५०० जना मृर्गौला प्रत्यारोपितहरुको विश्लेषण गर्दा ९८ प्रतिशत भन्दा बढी मृर्गौला प्रत्यारोपित बाँचेको पाइएको छ भने डाइलाइसिसमा बस्नेहरु ९५ प्रतिशत बाँचेको पाइएको कुरा डा पुकार चन्द्र श्रेष्ठले बताए । आज भन्दा १६ वर्ष अघि विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले नेपाल जस्तो देशमा मृर्गौला फेल भएमा ९० प्रतिशत भन्दा बढी रोगीहरु मृत्यूको शिकार हुने अवस्थाबाट हाल ९० प्रतिशत भन्दा बढी बाँचिरहेको अवस्था लाई १८० डिग्रीको सफलता मानिएको छ । कलेजो प्रत्यारोपण ९३ प्रतिशत सफलताका साथ सम्पन्न भई सकेको छ । १३ वर्षको युवा अवस्थामै यस सरकारी संस्थाले मुलुकमा स्वास्थ्य क्षेत्रको अति विशिष्ट विधामा विश्वस्तरीय सफलता हाँसील गर्नु सबैको लागि अनुकरणीय कार्य भएको कुरा डा श्रेष्ठले बताए ।

यस केन्द्रका एक इन्च पनि भवन नभएको र उपयुक्त भवन भएमा केन्द्र स्वयंले ५०० बेडको भवन बनाई ५०० प्रतिशत थप सेवा दिन सक्षम रहेको हुँदा केन्द्रको सेवा विस्तारको लागि पायक पर्नेउपयुक्त स्थानमा जग्गा उपलब्ध गराउन सम्बन्धित सबैमा अनुरोध समेत गरे । विश्व अंगदान दिवसलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि प्रदीप पौडेलले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले अंगदान र प्रत्यारोपणको क्षेत्रमा गरेको कामको मुक्त कण्ठले प्रशंसा गर्नु भयो र मस्तिष्क मृत्यू पश्चात हुने अंगदान र प्रत्यारोपण बारे व्यापक जनचेतना जगाउन आफूले प्रयास गर्ने कुरा व्यक्त गर्दै नेपाली जनतालाई सर्भसुलभ रुपमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सधैं सहयोग गर्न पतिवद्द रहेको समेत उल्लेख गरे । नेपाल सरकारले प्रोत्साहान स्वरुप मस्तिष्क मृत्य पश्चात अंगदाताको परिवारलाई रु २ लाख र मस्तिष्क मृत्यु भएको अस्पताललाई रु ७५ हजार दिने व्यवस्था गरेकोले उक्त कार्यले गति लिने विश्वास व्यक्त गनु भयो । उक्त रकम शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उपलब्ध गराउने गरेको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अंग प्रत्यारोपण जस्तो संवेदनशील र महंगो सेवालाई केन्द्रमा मात्र सिमित नराखी सातै प्रदेशमा विस्तार गर्ने योजना बनाएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पोखरा, सुर्खेत र नेपालगञ्जमा मृर्गौला प्रत्यारोपणको थालनी गरी सकेको छ भने क्रमश सुदुर पश्चिमको सेती प्रादेशिक अस्पताल धनगढी, बागमति प्रदेशको हेटौडा अस्पताल, मधेश प्रदेशको नारायणी अस्पताल र कोशी प्रदेशको कोशी अस्पताल विराटनगरमा मृर्गौला प्रत्यारोपण सेवा विस्तार तयारी गरिरहेको कुरा मन्त्री पौडेलले बताउनु भयो ।
उक्त कार्यक्रममा संघीय संसाद द्वय मा. प्रेम सुवाल र मा. दुर्लभ थापा र भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले अंग प्रत्याारेपण क्षेत्रमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उत्कृष्ट कार्य गरेकोमा शुभकामना दिनु भयो र भविष्यमा यसको विस्तारको लागि सरकारलाई उपयुक्त जग्गा उपलब्ध गराई आफ्नै भवन बनाउनको लागि सरकार सँग जोडदार माग गर्नु भयोे ।

प्रतिकृया