• २१ असोज २०८३, बुधबार
  • १ः०८ राती

गृहमन्त्री लेखक : रवि लामिछाने कारागारभित्र न्यूनतम सुविधाबाट वञ्चित छैनन्

प्रकाशित मिति

२०८२ श्रावण २८ गते, बुधबार ०४:४०

श्रावण २८,२०८२ काठमाडौं — गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागारभित्र अन्य कैदीबन्दीले पाउने न्यूनतम सुविधाबाट वञ्चित नगरिएको स्पष्ट पारेका छन्।

National Life

प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समिति बैठकमा बुधबार बोल्दै मन्त्री लेखकले रुपन्देही कारागारमा रहेका लामिछानेलाई मानवोचित सुविधा प्रदान गरिएको बताए। उनले लामिछानेलाई छुट्टै कोठामा राखिएको र कारागार प्रशासनले नियमित रुपमा समस्या छ कि भनेर सोधखोज गर्ने गरेको जानकारी दिए।

लेखकका अनुसार कारागारहरू भीडभाडयुक्त भएकाले लामिछानेलाई छुट्टै कोठामा राखिएको हो, तर कुनै विशेष सुविधा दिइएको छैन। उनले आवश्यक परे सहमतिअनुसार कैदीबन्दीलाई एक कारागारबाट अर्कोमा सार्ने प्रक्रिया सरकारले अघि बढाउने बताए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया