सेयर बजारमा निरन्तर गिरावट, नेप्से २७८५ अंकमा झर्यो
प्रकाशित मिति
२०८२ श्रावण २८ गते, बुधबार ०३:४०
श्रावण २८,२०८२ काठमाडौं — बुधबार नेप्से परिसूचक १०.५० अंकले घटेर २७८५ अंकमा बन्द भयो। कारोबारका क्रममा दिउँसो १ बजे २८१३ अंकसम्म पुगेको नेप्से अन्तिम समयसम्म ओरालो लाग्दै बन्द भयो।
आज ६ अर्ब १६ करोड रुपैयाँको कारोबार भयो, जुन अघिल्लो दिनको ६ अर्ब ९१ करोड भन्दा कम हो। ८९ कम्पनीको मूल्य बढ्दा १५९ कम्पनीको घट्यो र १ कम्पनीको स्थिर रह्यो।
समूहगत सूचकमा व्यापार १.५० प्रतिशतले सबैभन्दा धेरै घट्यो। बैंकिङ ०.६९, होटल तथा पर्यटन ०.५४, हाइड्रोपावर ०.३०, जीवन बीमा ०.५६, उत्पादन तथा प्रशोधन ०.१०, माइक्रोफाइनान्स ०.२२ र निर्जीवन बीमा ०.२७ प्रतिशतले घटे। विकास बैंक ०.३५, फाइनान्स ०.०४ र अन्य ०.०३ प्रतिशतले बढे।
मायाखोला हाइड्रोपावरको मूल्य ५.७४ प्रतिशतले बढ्दै शीर्ष बढ्नेमा रह्यो, भने सिक्लेस हाइड्रोपावर ७.२२ प्रतिशतले घट्दै शीर्ष घट्नेमा पर्यो। सबैभन्दा धेरै कारोबार भएका कम्पनीमा बलेफी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल पुनर्बीमा कम्पनी छन्।








प्रतिकृया