• १६ असोज २०८३, शुक्रबार
  • ९ः३२ राती

मुख्यमन्त्री बानियाँ आज विश्वासको मत लिँदै

प्रकाशित मिति

२०८२ श्रावण २७ गते, मंगलवार ०९:२६

श्रावण २७,२०८२ हेटौँडा — बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन्।

National Life

नेपालको संविधानको धारा १६८(२) अनुसार सरकारको नेतृत्व गरिरहेका बानियाँले संविधानको धारा १६८(४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३(१) बमोजिम विश्वासको मत लिन लागेका हुन्।

साउन २० गते नेपाली कांग्रेस–एमाले गठबन्धनका ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँलाई ११० सदस्यीय प्रदेश सभामा कम्तीमा ५६ सांसदको समर्थन आवश्यक छ।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारलाई जोगाउन कांग्रेस र एमाले दुवै दलले आफ्ना सांसदलाई ह्वीप जारी गरिसकेका छन्। साउन २४ गते सार्वजनिक सूचनामार्फत दुवै दलले सांसदलाई मुख्यमन्त्री बानियाँको पक्षमा मतदान गर्न निर्देशन दिएका हुन्।

प्रतिकृया