• २१ असोज २०८३, बुधबार
  • २ः०२ राती

बुढीगण्डकी जलविद्युतमा ८ बैंकको ५२ अर्ब ५० करोड लगानी

प्रकाशित मिति

२०८२ श्रावण २३ गते, शुक्रबार ०३:१९

श्रावण २३,२०८२काठमाडौं– अर्धजलाशययुक्त ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा ८ बैंकले संयुक्त रूपमा ५२ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने भएका छन्। यस सम्बन्धी सम्झौता बिहीबार सम्पन्न भएको हो।

National Life

बैंकतर्फबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र साहस ऊर्जाका निर्देशक सुशील थापाले सम्झौतामा हस्ताक्षर गरे। आयोजना टाइम्स इनर्जीले निर्माण गर्नेछ, जुन साहस ऊर्जाको सहायक कम्पनी हो।

सम्झौता अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० अर्ब, लक्ष्मी सनराइज र नबिल बैंकले ८–८ अर्ब, ग्लोबल आइएमईले ७ अर्ब, माछापुच्छ्रेले ४ अर्ब, सिटिजन, नेपाल इन्फ्रास्ट्रक्चर र प्रभु बैंकले ३–३ अर्ब, कृषि विकास बैंकले २ अर्ब ५० करोड र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले ४ अर्ब रुपैयाँ लगानी गर्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

आयोजना निर्माणमा प्रति मेगावाट २० करोड ५३ लाख रुपैयाँका दरले करिब ७० अर्ब रुपैयाँ खर्च हुने अनुमान छ। यसमध्ये २५ प्रतिशत (१७ अर्ब ५० करोड) स्वपुँजीबाट जुटाइनेछ, जसको ५१ प्रतिशत हिस्सा साहस ऊर्जाको रहनेछ।

प्रतिकृया