• २१ असोज २०८३, बुधबार
  • २ः०० राती

उत्तराखण्ड बाढीमा बेपत्ता नेपालीको खोजीका लागि कूटनीतिक पहल : मन्त्री राणा

प्रकाशित मिति

२०८२ श्रावण २३ गते, शुक्रबार ११:३५

श्रावण २३,२०८२काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको उत्तराखण्डमा आएको बाढीमा बेपत्ता नेपालीको खोजी तथा उद्धारका लागि कूटनीतिक पहल सुरु भएको जनाएकी छन्। उनले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई भारत सरकारको समन्वयमा तदारुकताका साथ काम गर्न निर्देशन दिएकी छन्।

National Life

साउन २० गते उत्तरकाशी जिल्लाको धराली गाउँमा आएको बाढी–पहिरोमा कम्तीमा २२ नेपाली सम्पर्कविहीन छन्। जाजरकोटका १३, धादिङका ४, बर्दियाका ४ र जुम्लाका १ जना सम्पर्कविहीन भएको जनप्रतिनिधिहरूले जनाएका छन्।

प्रतिकृया