• २१ असोज २०८३, बुधबार
  • २ः०० राती

नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय लिडरसिप एक्सिलेन्स अवार्ड

प्रकाशित मिति

२०८२ श्रावण २३ गते, शुक्रबार ११:१३

श्रावण २३,२०८२काठमाडौं– नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय लिडरसिप एक्सीलेन्स अवार्ड, २०२५ भव्यतापूर्वक सम्पन्न भएको छ । द सोल्टी काठमाडौँमा साउन १६ देखि १८ गतेसम्म चलेको कार्यक्रम “लायन वर्षः लिड , रोअर , रिपिट” नाराका साथ सम्पन्न भएको हो ।

National Life

उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने ४४० एजेन्सी तथा एजेन्सी मेनेजरहरु र कम्पनीका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो । पानसमा दीप प्रज्वलन गरी कम्पनीका संचालक कमलेश कुमार अग्रवाल, संचालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको समुद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै संचालक समितिका सदस्य कमलेश कुमार अग्रवालले आ.व २०८१÷८२ मा कम्पनीले प्रथम बीमा शुल्कमा ऐतिहासिक १० अर्बको कोसेढुङ्गा पार गरेकोमा सम्पूर्ण अभिकर्ता र कर्मचारीहरुलाई बधाई तथा धन्यवाद प्रकट गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै संचालक विमल प्रसाद ढकालले गत आवमा गरेकाे उत्कृष्ट प्रदर्शन गरेकाे भन्दै आर्थिक मन्दीबीच पनि उत्कृष्ट प्रदर्शन गर्न नेपाल लाइफको अभिकर्ता अब्बल रहेको बताए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अभिकर्ताहरुलाई गत आवको कार्यसम्पादनको लागि धन्यवाद तथा चालु आवको व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गरे। यस्तै गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८२/८३ मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराए।

यस्तै कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले कम्पनीले गत वर्ष आफुलाई थप सबल बनाउन संरचनात्मक परिवर्तनहरू गरेको र सोले सेवा प्रवाह थप चुस्त दुरुस्त भएकोले व्यवसाय गर्न सहज भएको बताए।

पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले आगामी वर्षको लक्ष्य प्राप्ति गर्नका निम्ति अहिलेको अभिकर्ता टिम सक्षम रहेको र कम्पनीले लिएको टार्गेटलाई एचिभ गर्न दत्त चित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले नेपाल लाइफका अभिकर्ता नेपालकै सबैभन्दा बढी अब्बल र सक्षम अभिकर्ता रहेको र यस दौरानमा सिकिएको सिप र अनुभव लाई नयाँ पुस्तामा पुस्तान्तरण गर्दै बीमाको पहुँचलाई अभिवृद्धि गर्न तयार रहेको कुरा बताए ।

कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट १११ र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ३२९ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथ साथै ९६ जनालाई सम्राट पदक, ८७ जनालाई रत्न पदक र २५७ जनालाई समृद्धि पदकबाट पनि विभुसित गरिएको थियो ।

त्यस्तै एजेन्सी मेनेजर तर्फबाट क्रमश नेपाल प्रथम, दितिय र तृतीय हुने मदन भट्ट, स्नेहा भट्ट र बसन्ती शर्मा, तथा व्यक्तिगत कोड तर्फ बाट क्रमश नेपाल प्रथम, दितिय र तृतीय हुने सुमित्रा भट्ट, अर्बिन राजबंशी र आयुष कुँवरलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो । ३ दिनसम्म चलेको कार्यक्रममा मोटिभेशनल स्पीकर तथा कमेडियन सन्दीप क्षेत्रीको विशेष प्रस्तुति रहेको थियो।

प्रतिकृया