• २१ असोज २०८३, बुधबार
  • २ः०१ राती

तुर्कमेनिस्तान भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किँदै

प्रकाशित मिति

२०८२ श्रावण २३ गते, शुक्रबार १०:३४

श्रावण २३,२०८२काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान भ्रमण सकेर आज स्वदेश फर्किँदैछन्। तुर्कमेनिस्तानको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भई उनी दुबई हुँदै नेपाल फर्कने कार्यक्रम रहेको छ।

National Life

प्रधानमन्त्रीको सचिवालयका अनुसार, ओली आज बिहान स्थानीय समयअनुसार ८:३० बजे तुर्कमेनिस्तानको अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका हुन्। प्रस्थानको बेला उनलाई उपप्रधानमन्त्रीसहित तुर्कमेनिस्तान सरकारका उच्च अधिकारीहरूले बिदाइ गरेका थिए।

प्रधानमन्त्री ओली आज राति ११:५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया