• २१ असोज २०८३, बुधबार
  • २ः०२ राती

भारतको उत्तराखण्डमा बाढी, ७ नेपालीको मृत्यु, केही बेपत्ता अझै बेपत्ता

प्रकाशित मिति

२०८२ श्रावण २३ गते, शुक्रबार ०९:४५

श्रावण २३,२०८२काठमाडौं–  भारतको उत्तराखण्डमा मंगलबार आएको बाढीमा परी ७ जना नेपालीको ज्यान गएको छ भने ६ जना अझै बेपत्ता रहेका छन्। मजदूरीका लागि भारत गएका जाजरकोटको कुशे गाउँपालिका–२ टालेगाउँका १३ जना तीव्र धारको बाढीमा बेपत्ता भएका थिए। जसमध्ये ७ जनाको शव फेला परेका छन् भने बाँकीको खोजी कार्य जारी छ।

National Life

भारतको उत्तरकाशी जिल्लाको हर्सिल उपत्यकास्थित धराली गाउँमा मंगलबार एक्कासी आएको बाढीका कारण ठूलो धनजनको क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मृतकमध्ये कर्णबहादुर सिंह, रामबहादुर सिंह, मानबहादुर सिंह, निमबहादुर सिंह, रविन सिंह, जनकबहादुर शाही र एकजना अज्ञात व्यक्ति रहेका छन्।

बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन कुशे गाउँपालिकाले नेपाल सरकार र परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गर्न ध्यानाकर्षण गराएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया