• ४ साउन २०८३, सोमबार
  • ३:५८ बिहान

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत कर , भारतले भन्यो “अनुचित र तर्कहीन”

प्रकाशित मिति

२०८२ श्रावण २२ गते, बिहीबार ११:५४

श्रावण २२ ,२०८२काठमाडौं–  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत आयात कर (ट्यारिफ) लगाउने निर्णय गरेका छन्। बीबीसीका अनुसार, यसअघि नै भारतमाथि लागू गरिएको २५ प्रतिशत करसँग जोडिँदा कुल ट्यारिफ ५० प्रतिशत पुगेको छ। ट्रम्पको हस्ताक्षरसहित कार्यकारी आदेशअनुसार, यो कर आदेश जारी भएको मितिबाट २१ दिनपछि लागू हुनेछ।

ह्वाइट हाउसद्वारा बुधबार जारी विज्ञप्तिमा भारतले रुसबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तेल आयात गरिरहेकाले यस्तो निर्णय लिइएको स्पष्ट गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “भारतको गतिविधिले रुसको युद्ध मेसिनलाई सहयोग पुर्‍याइरहेको छ, जसले युक्रेनमा हजारौं मानिसको ज्यान लिइरहेको छ।”

Kamana Sewa

तर भारतले अमेरिकी निर्णयलाई “अनुचित, तर्कहीन र दुर्भाग्यपूर्ण” भनेको छ। भारतको विदेश मन्त्रालयले भन्यो, “रुसी तेल आयात गर्नुको उद्देश्य १ अर्ब ४० करोड जनसंख्याको ऊर्जा सुरक्षालाई सुनिश्चित गर्नु हो।” साथै, भारतले अन्य धेरै देशले पनि आफ्ना राष्ट्रिय हितमा यस्तै कदम चालिरहेको उल्लेख गरेको छ।

Classic Tech Desktop

भारतले थप स्पष्ट पारेको छ कि, “हामी हाम्रो राष्ट्रिय हितको रक्षा गर्न आवश्यक सबै कदम चाल्नेछौं।”

राष्ट्रपति ट्रम्पले यसअघि नै भारतमाथि ट्यारिफ बढाउने चेतावनी दिएका थिए। उनले कडा टिप्पणी गर्दै भनेका थिए, “भारतलाई रुसी युद्ध मेसिनले युक्रेनमा कति मानिस मारेको छ भन्ने कुराको वास्ता छैन।”

प्रतिकृया