• २१ असोज २०८३, बुधबार
  • २ः०३ राती

भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउँदै

प्रकाशित मिति

२०८२ श्रावण २२ गते, बिहीबार ११:४२

श्रावण २२ ,२०८२काठमाडौं–  भारतीय विदेश सचिव विक्रम मिश्री आगामी भदौ १ गते नेपाल भ्रमणमा आउने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, मिश्रीको भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीको सन्दर्भमा हुन लागेको हो।

National Life

नेपाल बसाइका क्रममा उनले प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

स्रोतका अनुसार, प्रधानमन्त्री ओली भदौ अन्तिम साता, सम्भवतः भदौ ३१ गते, भारत भ्रमणमा जाने तयारीमा छन्। मिश्रीको भ्रमणका क्रममा प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डा तय गर्नुका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने जनाइएको छ। यस भ्रमणलाई नेपाल–भारत सम्बन्धमा कूटनीतिक र राजनीतिक समन्वय सुदृढ गर्ने अवसरका रूपमा हेरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया