• २१ असोज २०८३, बुधबार
  • २ः३५ राती

प्रभु बैंकका ११ संस्थापकले एकैचोटि १२ लाखभन्दा बढी कित्ता शेयर बिक्रीमा राखे

प्रकाशित मिति

२०८२ श्रावण २१ गते, बुधबार ०९:५५

श्रावण २१ ,२०८२ काठमाडौं – प्रभु बैंक लिमिटेडका ११ जना संस्थापक शेयरधनीले एकैपटक १२ लाख ३५ हजार ६८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन्। बैंकले सोमबार सार्वजनिक सूचना जारी गर्दै सो जानकारी दिएको हो।

National Life

बिक्रीमा राखिएको संस्थापक शेयर खिम बहादुर गुरुङ, निमानन्द खनाल, इन्दिरा ढकाल, कृष्ण प्रसाद नेपाल उपाध्याय, किरण भक्त श्रेष्ठ, अनिल भक्त श्रेष्ठ, सुनिल भक्त श्रेष्ठ, दिनेश भक्त श्रेष्ठ, सन्ध्या थापा क्षेत्री, चंद्र शम्शेर जवरा र किशोर कुमार महर्जनको नाममा रहेको छ। नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार हाल ती शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद गर्न सक्नेछन्। बैंकले यसका लागि ३५ दिनको समयसीमा तोकेको छ।

शेयर किन्न इच्छुक संस्थापक शेयरधनीहरूले तोकिएको समयावधिभित्र आवश्यक कागजातसहित काठमाडौंको बबरमहलस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ। बैंकले तोकिएको समयभित्र निवेदन प्राप्त नभएमा ती शेयर सर्वसाधारणलाई बिक्री गर्नका लागि प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया