• २१ असोज २०८३, बुधबार
  • २ः३६ राती

कुलिङ पिरियड प्रकरण: विशेष समितिको छानबिन प्रतिवेदन सभामुखलाई बुझाइयो

प्रकाशित मिति

२०८२ श्रावण २० गते, मंगलवार ०१:३८

श्रावण २०,२०८२ काठमाडौं – संघीय निजामती सेवा विधेयकमा भएको त्रुटि सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित प्रतिनिधिसभाको विशेष समितिले मंगलबार सभामुख देवराज घिमिरेलाई छानबिन प्रतिवेदन बुझाएको छ।

National Life

संसद भवन नयाँ बानेश्वरमा सभामुखलाई प्रतिवेदन हस्तान्तरण गर्दै समितिले विधेयकमा हस्ताक्षर गर्ने राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरा नैतिक रूपमा जिम्मेवार रहेको निष्कर्ष निकालेको हो।

समितिले सर्वसम्मत रूपमा तयार पारेको प्रतिवेदनमा कानुन निर्माणमा प्रभाव पार्ने उद्देश्यले मुख्यसचिव, संघीय मामिला मन्त्रालय, कानुन मन्त्रालय र प्रधानमन्त्री कार्यालयका कानुन सचिवहरूबाट सार्वजनिक दबाब दिइएको तथा बयानका लागि बोलाउँदा समितिमा नपुगेको उल्लेख छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिनिधिसभाबाट असार २३ मा गठित समितिको संयोजक कांग्रेस सांसद जीवन परियार हुन्। समितिमा कांग्रेसबाट सुशिला थिङ, एमालेबाट नारायण आचार्य र ईश्वरी घर्ती, माओवादीबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की सदस्य रहेका छन्।

छानबिन प्रतिवेदन आजै दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गरिने तयारी रहेको छ ।

प्रतिकृया