माछापुच्छ्रे बैंकले २ अर्बभन्दा बढी नाफा कमाउँदै ९२% नाफा वृद्धि
प्रकाशित मिति
२०८२ श्रावण २० गते, मंगलवार १२:५६
श्रावण २०,२०८२ काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ थियो। यो आधारमा बैंकको नाफा ९२.४५ प्रतिशतले वृद्धि भएको हो।
बैंकको खुद ब्याज आम्दानी १५.४१% र फि तथा कमिशन आम्दानी १८.१६% ले वृद्धि भएको छ। इम्पेरमेन्ट चार्ज १ अर्ब ३९ करोडबाट घटेर ३५ करोड ३७ लाखमा सीमित भएकोले सञ्चालन मुनाफा ९९.९१% ले वृद्धि भएको हो।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (EPS) ८.३१ रुपैयाँले बढेर १७.३१ रुपैयाँ पुगेको छ। वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ र वितरणयोग्य EPS ९.२३ रुपैयाँ रहेको छ। असार मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ छ भने जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित छ।
बैंकले सो अवधिमा १८ खर्ब ४१ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी १४ खर्ब १६ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।बैं कको मूल्य–आम्दानी अनुपात १४.९९ गुणा र प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा रहेको छ। वित्तीय सूचकहरू सुधार हुँदै गएको देखिएको माछापुच्छ्रे बैंकले हाल उत्कृष्ट वित्तीय प्रदर्शन कायम राखेको छ।








प्रतिकृया