थुनामा राख्ने आदेशविरुद्ध दुर्गा प्रसाईसहित चार जना उच्च अदालतमा
प्रकाशित मिति
२०८२ श्रावण १६ गते, शुक्रबार ०३:५३
श्रावण १६, २०८२ काठमाडौं – जिल्ला अदालत काठमाडौंको पुर्पक्षका लागि थुनामा राख्ने आदेशविरुद्ध मेडिकल व्यवसायी दुर्गा प्रसाईसहित चार जना उच्च अदालत पाटन पुगेका छन्। उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरूङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा बिहीबारदेखि सुनुवाइ भइरहेको छ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनसँग सम्बन्धित मुद्दामा दुर्गा प्रसाई, सुशील बराल, डण्डपाणी रेग्मी र तारा राजावादी (सरोज गौतम) ले थुनामुक्त गराउन निवेदन दिएका हुन्। उनीहरूले जिल्ला अदालतको जेठ २९ गतेको थुनामा पठाउने आदेश बदर गर्न माग गरेका छन्। उता, उच्च सरकारी वकिलको कार्यालय पाटनले पनि नेपाल सरकारको तर्फबाट उनीहरूमाथि कानुनी कारबाही जारी राख्नुपर्ने माग गर्दै निवेदन दिएको छ। दुबै पक्षका निवेदनहरू एउटै इजलासमा एकैसाथ सुनुवाइ भइरहेका छन्।
सरकारी वकिलको कार्यालयले प्रसाईमाथि राज्यविरुद्धको कसुर, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, आपराधिक उपद्रव र संगठित अपराध गरेको आरोपसहित कारबाहीको माग गरेको छ। उक्त घटनामा पत्रकार सुरेश रजकको रिपोर्टिङको क्रममा आगलागीबाट र सबिन महर्जनको प्रहरी गोली लागेर मृत्यु भएको थियो।






प्रतिकृया