• २४ भदौ २०८३, बुधबार
  • ३ः०६ दिउँसो

मुख्यमन्त्री लामाको राजीनामा तयारी

प्रकाशित मिति

२०८२ श्रावण १६ गते, शुक्रबार ०३:४९

श्रावण १६ , २०८२ काठमाडौं  बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनपछि राजीनामा दिन लागेका छन्। लामा निकट प्रदेश सांसद तीर्थ लामाका अनुसार भोलिसम्म उनले पद त्याग गर्नेछन्।

National Life

लामाविरुद्ध अविश्वास प्रस्ताव पारित भइसकेको छ भने कांग्रेस संसदीय दलले इन्द्र बानियाँलाई नयाँ नेता चयन गरिसकेको छ। लामाले एक वर्षभित्र राजीनामा गर्ने सहमति तोडेपछि विवाद चुलिएको हो। संविधानको व्याख्या गर्दै लामाले राजीनामा नदिने अडान लिएका थिए भने बिहीबार कांग्रेस–एमाले शीर्ष नेताबीच बालुवाटारमा छलफलसमेत भएको थियो।

प्रतिकृया