• २३ भदौ २०८३, मंगलबार
  • ५ः१९ बिहान

रुपन्देही–३ उपनिर्वाचन : निर्वाचन आयोगद्वारा दल दर्ताका लागि आह्वान

प्रकाशित मिति

२०८२ श्रावण १६ गते, शुक्रबार ११:०२

श्रावण १६ , २०८२ काठमाडौं – निर्वाचन आयोगले आउँदो कात्तिक १७ गते हुने रुपन्देही निर्वाचन क्षेत्र नं ३ को उपनिर्वाचनका लागि राजनीतिक दलहरूलाई दर्ता प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ। आयोगले शुक्रबार सूचना जारी गर्दै साउन २१ गतेदेखि २७ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सकिने जानकारी दिएको हो।

National Life

आयोगका सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार दलहरूले काठमाडौंस्थित आयोगको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ। यसअघि आयोगले रुपन्देही–३ उपनिर्वाचनका लागि कार्यतालिका स्वीकृत गरिसकेको छ। कार्यतालिका अनुसार असोज २१ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ। सोही दिन साँझ उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरिनेछ भने असोज २४ गते अन्तिम नामावली प्रकाशित गरिनेछ।

निर्वाचनको मतदान प्रक्रिया कात्तिक १७ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक प्रणाली अन्तर्गतको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिहरू भने उम्मेदवार बन्न नपाउने आयोगले स्पष्ट पारेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया