• २३ भदौ २०८३, मंगलबार
  • ११ः४७ बिहान

मन्दाकिनी हाइड्रोपावरका ४८ लाखभन्दा बढी कित्ता शेयरको लकइन अवधि सकियो

प्रकाशित मिति

२०८२ श्रावण १६ गते, शुक्रबार १०:४०

श्रावण १६ , २०८२ काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडका कुल ४८ लाख ४५ हजार २१७ कित्ता शेयरको लकइन अवधि आज सकिएको छ। कम्पनीको संस्थापक, स्थानीय बासिन्दा तथा कर्मचारीको स्वामित्वमा रहेको उक्त शेयर साउन १७ गते (आइतबार) देखि दोस्रो बजारमा कारोबार योग्य हुने भएको हो।

National Life

कम्पनीका अनुसार लकइन अवधि सकिने शेयरमध्ये संस्थापक समूहको ४१ लाख ७० हजार ५९७ कित्ता, स्थानीय बासिन्दाको ६ लाख ४८ हजार ७६२ कित्ता र कर्मचारीको २५ हजार ८५८ कित्ता शेयर रहेका छन्।

कम्पनीले सन् २०७९ साउन १७ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको थियो। धितोपत्र बोर्डको प्रावधानअनुसार संस्थापक, कर्मचारी तथा स्थानीय बासिन्दाको शेयरमा कम्तीमा ३ वर्षको लकइन अवधि लगाइन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

लकइन अवधि सकिएसँगै अब यी शेयरहरू आइतबारदेखि बजारमा किनबेच गर्न सकिनेछ। तर, कम्पनीका उच्च पदस्थ कर्मचारी तथा संस्थापक समूहका केही व्यक्तिहरूले भने तत्काल कारोबार गर्न नपाउने व्यवस्था कायम रहेको कम्पनीले स्पष्ट पारेको छ।

प्रतिकृया