• २३ भदौ २०८३, मंगलबार
  • १०ः३७ बिहान

सुन र चाँदीको मूल्यमा गिरावट

प्रकाशित मिति

२०८२ श्रावण १६ गते, शुक्रबार १०:३१

श्रावण १६ , २०८२ काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो।

National Life

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार १०० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो कारोबार दिन यसै सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले घटेको छ। हाल चाँदी प्रतितोला दुई हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको उतारचढाव, डलरको भाउ, माग र आपूर्तिको अवस्था जस्ता विविध कारणले दैनिक रूपमा परिवर्तन हुँदै आएको छ।

प्रतिकृया