• २१ असोज २०८३, बुधबार
  • ४ः१२ बिहान

रिभर फल्स पावरको हकप्रद शेयरका लागि साउन २६ मा बुक क्लोज

प्रकाशित मिति

२०८२ श्रावण १५ गते, बिहीबार ०१:२९

श्रावण  १५, २०८२ काठमाडौं । रिभर फल्स पावर लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि साउन २६ गते बुकक्लोज मिति तोकेको छ। कम्पनीले एक बराबर एक (१:१) अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

National Life

कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७० लाख कित्ता, कुल ७० करोड रुपैयाँ बराबरको हकप्रद शेयर ल्याउने तयारी गरेको छ। बुकक्लोज मितिअनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूलाई मात्र हकप्रद शेयरमा आवेदन दिने अवसर हुनेछ।

हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले कम्पनीलाई साउन ९ गते स्वीकृति प्रदान गरिसकेको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले सम्हालेको छ। शेयरधनीहरूले आगामी दिनमा प्रकाशित हुने सूचना अनुसार आवेदन दिन सक्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया