• ४ साउन २०८३, सोमबार
  • ७:५८ बेलुका

मकवानपुर ट्राफिक प्रहरीद्वारा एक वर्षमा साढे दुई करोड  राजस्व संकलन

प्रकाशित मिति

२०८२ श्रावण १५ गते, बिहीबार ०१:१४

श्रावण  १५, २०८२ काठमाडौं । मकवानपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनहरूबाट २ करोड ४१ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालका अनुसार गत वर्ष ३० हजार ३४ वटा सवारीसाधनलाई कारबाही गरिएको थियो। अघिल्लो वर्ष २०८०/८१ मा भने ४७ हजार ८९९ सवारीलाई कारबाही गर्दै ३ करोड ६९ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन गरिएको थियो।

Kamana Sewa

ट्राफिक नियम उल्लङ्घनको दर घटे पनि सवारी दुर्घटनाबाट भएको मानवीय क्षति भने चिन्ताजनक देखिएको छ। फुयालका अनुसार २०८१/८२ मा मकवानपुरमा ४०७ सवारी दुर्घटना भएका थिए, जसमा ५० जनाको मृत्यु भएको छ भने ९६५ जना घाइते भएका छन्। ट्राफिक कार्यालयले सवारी अनुशासन र दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सँगसँगै कडाइका साथ नियम कार्यान्वयन गरिरहेको जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया