• २१ असोज २०८३, बुधबार
  • ४ः४० बिहान

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने ३ जना पक्राउ

प्रकाशित मिति

२०८२ श्रावण १५ गते, बिहीबार ०१:०७

श्रावण  १५, २०८२ काठमाडौं । विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अशोक मोक्तान, टेक बहादुर घर्ती मगर र बिमल आले रहेका छन्।

National Life

अशोकले युएई पठाउने भन्दै ६ जनाबाट ११ लाख ४० हजार, टेक बहादुरले मलेसिया पठाउने भन्दै २ लाख ८ हजार र बिमलले सर्बिया पठाउने भन्दै १२ लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई वैदेशिक रोजगार विभाग ताहाचलमा बुझाइएको छ।

प्रतिकृया