थाइल्याण्ड–कम्बोडिया युद्धविराममा सहमति, मलेशियाको पहलमा सफल वार्ता
प्रकाशित मिति
२०८२ श्रावण १२ गते, सोमबार ०४:०७
श्रावण १२,२०८२ काठमाडौं । पाँच दिनदेखि चलिरहेको संघर्षपछि थाइल्याण्ड र कम्बोडिया युद्धविराममा सहमत भएका छन्। मलेशियाको राजधानी क्वालालम्पुरमा आयोजित शान्तिवार्तापछि दुबै देशका नेताहरू २४ घण्टे युद्धविरामका लागि राजी भएका हुन्।
मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले वार्तापछि दुबै पक्षले आगामी मध्यरातदेखि युद्ध रोक्न सहमति जनाएको जानकारी दिएका छन्। थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाई र कम्बोडियाका प्रधानमन्त्री हुन मनेटबीच मलेशियामा प्रत्यक्ष वार्ता भएको हो।

कम्बोडिया–थाइल्याण्डबीचको सीमा क्षेत्रमा रहेको विवादित हिन्दू मन्दिरलाई लिएर चर्किएको द्वन्द्वमा हालसम्म ३५ जनाको ज्यान गएको र २ लाख ७० हजारभन्दा बढी घाइते भएका छन्। दुवै देशले राजदूत फिर्ता बोलाइसकेका छन् र सीमा क्षेत्र बन्द गरिएको छ। युद्धविरामको सहमति पश्चात् क्षेत्रीय स्थायित्वका लागि आशा पलाएको छ।





प्रतिकृया