• ४ साउन २०८३, सोमबार
  • ३:५१ बिहान

हिमालयन बैंकको एफपीओ बाँडफाँड सम्पन्न, ९ जना भाग्यशालीले पाए ११ कित्ता

प्रकाशित मिति

२०८२ श्रावण १३ गते, मंगलवार ०९:४३

श्रावण १३ ,२०८२ काठमाडौं । हिमालयन बैंक लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (एफपीओ) को बाँडफाँड आज सम्पन्न भएको छ। बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडले मंगलबार बिहान ९ बजे शेयर बाँडफाँड प्रक्रिया सम्पन्न गरेको हो।

बैंकले गत असार ३१ गतेदेखि साउन ४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ शेयर निष्काशन गरेको थियो।

Kamana Sewa

यस एफपीओमा कुल १८ लाख २५ हजार ९२२ जना लगानीकर्ताले ३ करोड ८५ लाख ९१ हजार १६० कित्ताका लागि आवेदन दिएका थिए। तीमध्ये १७ लाख ४ हजार २७३ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदनहरू विभिन्न कारणले रद्द गरिएको बिक्री प्रबन्धकले जनाएको छ।

Classic Tech Desktop

भाग्यमानी ९ लाख २५ हजार ४६ जनाले १० कित्ताका दरले शेयर हात पारेका छन्। यसरी बाँडफाँट गर्दा बाँकी रहेको ९ कित्ता शेयर सोही लगानीकर्ताहरुमध्ये २० कित्ताका लागि आवेदन दिनेहरुमा बाँडफाँट गरिएको छ। यस अनुसार ९ जनाले थप एक कित्ता अर्थात ११ कित्ताका दरले शेयर हात पारेका छन्।

प्रतिकृया