• २० भदौ २०८३, शनिबार
  • ११ः०८ राती

सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको लाभांश घोषणा

प्रकाशित मिति

२०८२ श्रावण १२ गते, सोमबार ११:३३

श्रावण १२,२०८२ काठमाडौं । सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम (सिद्धार्थ व्यवस्थित लगानी योजना) ले आफ्ना इकाइधनीहरूका लागि ८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको हो। साउन ११ गतेसम्म इकाइधनी दर्ता किताबमा नाम रहेका इकाइधनीहरूले मात्र यो लाभांश प्राप्त गर्न सक्नेछन्।

National Life

क्यापिटलका अनुसार, इकाइधनीले लाभांशबाट प्राप्त रकम यसै योजनाको इकाइ खरीद गरी पुनः लगानी गर्न सक्नेछन्। पुनः लगानीको विकल्प रोज्ने इकाइधनीको हितग्राही खातामा सो रकम बराबरको इकाइ जम्मा गरिनेछ।

त्यस्तै, पुनः लगानी नगर्ने इकाइधनीहरूको बैंक खातामा लाभांश रकम नगद रूपमा जम्मा गरिने व्यवस्था गरिएको क्यापिटलले जनाएको छ। सिद्धार्थ क्यापिटलले लगानीकर्तालाई योजना अनुसार निर्णय गर्न अनुरोध गर्दै समयमै विकल्प छनोट गर्न ध्यान दिन आग्रह गरेको छ।

Classic Tech Desktop

प्रतिकृया