• २३ भदौ २०८३, मंगलबार
  • १०ः५० बिहान

रसुवागढी नाकामा चीनद्वारा बेलिब्रिज निर्माण सुरु

प्रकाशित मिति

२०८२ श्रावण ११ गते, आईतवार १०:३२

श्रावण ११,२०८२ काठमाडौं । गत असार २४ गते आएको बाढीले भोटेकोशी नदीमा नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि टुटेको सडक सम्पर्क पुनः सुचारु गर्न चीनले रसुवागढी नाकामा बेलिब्रिज निर्माण कार्य सुरु गरेको छ।

National Life

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार नेपाल र चीनबीचको आपसी समझदारीअनुसार चिनियाँ पक्षले आइतबारदेखि पुल निर्माण कार्य अघि बढाएको हो। चीनले आगामी भदौ ३० गतेभित्र बेलिब्रिज निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ।

शनिबार निर्माणस्थलमा प्रमुख जिल्ला अधिकारीसहितको टोलीले स्थलगत अवलोकन गरेको थियो। सोही दिन रसुवा र चीनका स्थानीय अधिकारीबीच भर्चुअल बैठकसमेत सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। बैठकमा विपद् व्यवस्थापन, राहत र पुनर्निर्माणका विषयमा विस्तृत छलफल भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया