नेपाली कांग्रेसका पूर्व पदाधिकारीहरू पुगे देउवा निवासमा, के भयो छलफल ?
प्रकाशित मिति
२०८२ श्रावण ६ गते, मंगलवार १२:५१
श्रावण ६ ,२०८२ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व पदाधिकारीहरू पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भेटघाट गर्न पुगेका छन्। उनीहरू सोमबार उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको छलफलको निष्कर्ष सभापति देउवालाई जानकारी गराउन गएको बताइएको छ।
चाक्सीबारी छलफलमा प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, डा. शशांक कोइराला, गोपालमान श्रेष्ठ, विजय गच्छदार र डा. प्रकाशशरण महत सहभागी थिए। छलफलमा एमाले–कांग्रेसबीच भएको ७ बुँदे सहमति कार्यान्वयन नभएको, संविधान संशोधन जस्ता गम्भीर विषयमा सभापति देउवाले कुनै परामर्श नगरेको र नेता शेखर कोइरालाको सक्रियताबारे समेत गहिरो छलफल भएको स्रोतले जनाएको छ।
नेताहरूले गठबन्धनको भावना अनुरूप सरकारले काम गर्नुपर्ने र संविधान संशोधन प्रक्रिया अघि बढाउनु पर्ने धारणा राखेका थिए। यिनै विषयमा सभापति देउवासँग प्रत्यक्ष संवाद गर्नु आवश्यक ठानी उनीहरू मंगलवार बिहान बूढानीलकण्ठ पुगेका हुन्।
२०७८ असार १७ गते कांग्रेस र एमालेबीच भएको सहमतिको कार्यान्वयनमा ढिलाइ भइरहेको सन्दर्भमा पूर्व पदाधिकारीहरूको सक्रियता बढ्न थालेको छ। अब पार्टीभित्र छलफलको तीव्रता बढ्ने अपेक्षा गरिएको छ।








प्रतिकृया