• २१ असोज २०८३, बुधबार
  • ४ः२८ बिहान

पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच च्यासलमा दुई घण्टा एकान्तवार्ता

प्रकाशित मिति

२०८२ श्रावण ४ गते, आईतवार ०६:०४

श्रावण ४ ,२०८२ काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच च्यासलस्थित पार्टी मुख्यालयमा करिब दुई घण्टा लामो एकान्तवार्ता सम्पन्न भएको छ।

National Life

स्थायी कमिटी सदस्य कर्णबहादुर थापाका अनुसार उनीहरूबीचको छलफल हालको समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेको बुझिएको छ। तर, छलफलको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

भेटवार्ता एक्लाएक्लै सम्पन्न भएको थियो। छलफलपछि दुवै नेता च्यासलबाट बाहिरिएको भए पनि पत्रकारहरूसँग कुनै प्रतिक्रिया दिएका छैनन्। पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा सम्भावित पुनः प्रवेशबारे एमालेभित्र चासो बढिरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया