• २१ असोज २०८३, बुधबार
  • ४ः३६ बिहान

भ्रष्टाचार छानबिनको लागि राप्रपा अख्तियार जाँदै

प्रकाशित मिति

२०८२ श्रावण २ गते, शुक्रबार ०९:४३

श्रावण २ ,२०८२ काठमाडौं । भ्रष्टाचार छानबिनको लागि राप्रपा अख्तियार जाँदैभ्रष्टाचार विरुद्धको अभियान अन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (शुक्रबार) दिउँसो १ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा टंगालस्थित आयोगको केन्द्रीय कार्यालय पुग्ने तयारी गरिएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए।

National Life

असार १९ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देशव्यापी भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। सोहीअनुसार ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको हो।

राप्रपाले २०४६ सालपछि पदमा पुगेका नेता, कर्मचारी र तिनका नातेदारहरूको सम्पत्ति छानबिनको माग गर्दै सम्पत्ति शुद्धीकरण विभागमा पनि निवेदन दिने तयारी गरेको छ। साथै, देशभरका अख्तियार र सम्पत्ति शुद्धीकरण कार्यालयहरूमा चरणबद्ध दबाबमूलक कार्यक्रम सञ्चालन गरिने प्रवक्ता श्रेष्ठले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया