• २१ असोज २०८३, बुधबार
  • ४ः३६ बिहान

नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु

प्रकाशित मिति

२०८२ श्रावण १ गते, बिहीबार ०२:२३

साउन १,२०८२ काठमाडौं ।  नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टीको दोस्रो विधान महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न आज सुरु भएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो। बैठक सुरु भएको जानकारी पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले दिएका छन्।

National Life

गौतमका अनुसार बैठकमा आगामी विधान महाधिवेशनको तयारीका विविध पक्षहरूबारे व्यापक छलफल र आवश्यक निर्णयहरू लिइने छन्। विशेषतः विधान संशोधनसम्बन्धी प्रस्तावका खाकाहरू बैठकमा प्रस्तुत भई छलफल गरिनेछ।

बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। साथै, बैठकले साउन २ गते बस्ने पोलिटब्युरो बैठक र साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका कार्यसूचीहरू पनि तय गर्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया