• २१ असोज २०८३, बुधबार
  • ४ः३६ बिहान

प्रचण्डको आरोप: सरकार सुशासन विरोधी, देश असफलतातर्फ अग्रसर

प्रकाशित मिति

२०८२ श्रावण १ गते, बिहीबार ०२:५१

साउन १,२०८२ काठमाडौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार देशलाई असफल बनाउने दिशातिर अघि बढेको आरोप लगाएका छन्। वाईसीएल नेपालद्वारा सुरु गरिएको श्रम अभियान कार्यक्रममा बिहीबार बोल्दै उनले सरकार भ्रष्टाचारमा लिप्त रहेको र सुशासन, सामाजिक न्याय तथा समृद्धिको सपना कमजोर पारिएको बताए।

National Life

प्रचण्डले परिवर्तन उल्ट्याउने षड्यन्त्र भइरहेको उल्लेख गर्दै युवाहरुलाई संगठित गरेर त्यसको प्रतिवाद गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, वाईसीएललाई श्रम र उत्पादनसँग जोड्न र जनतासँग सम्बन्ध सुदृढ गर्न निर्देशन दिए।

प्रतिकृया