• २१ असोज २०८३, बुधबार
  • ४ः३६ बिहान

सुनचाँदी कारोबारमा कडाइ: ग्राहक पहिचान अनिवार्य, उल्लंघनमा कडा कारबाही

प्रकाशित मिति

२०८२ श्रावण १ गते, बिहीबार ०३:०९

साउन १,२०८२ काठमाडौं । बहुमूल्य धातु तथा वस्तु खरिद–बिक्री गर्ने व्यवसायीहरू (सूचक संस्था) अब प्रत्येक ग्राहकको पहिचान अनिवार्य रूपमा गर्नुपर्ने भएको छ। आन्तरिक राजस्व विभागले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी रोक्न निर्देशना जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

National Life

नागरिकता वा राष्ट्रिय परिचयपत्रमार्फत डिजिटल प्रणालीबाट ग्राहक पहिचान अनिवार्य हुनेछ। एकै दिन १० लाख रुपैयाँभन्दा बढी कारोबार, शंकास्पद गतिविधि वा उच्च जोखिम भएका ग्राहकहरूलाई विशेष निगरानीमा राख्नुपर्नेछ।

कानुन उल्लंघन गरेमा पहिलो पटक चेतावनी, दोस्रोमा एक लाख रुपैयाँ, र तेस्रोपटक १० लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना तथा संस्था दर्ता खारेजसम्मको कारबाही हुने व्यवस्था गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

विभागले विद्युतिय माध्यमबाट भुक्तानीलाई प्राथमिकता दिनुपर्ने स्पष्ट गर्दै, सूचक संस्थाहरूलाई ग्राहक पहिचान, जोखिम मूल्यांकन र अभिलेख अद्यावधिकमा कुनै पनि लापरबाही नगर्न चेतावनी दिएको छ।

प्रतिकृया