• १४ असोज २०८३, बुधबार
  • ९ः०० बिहान

मौद्रिक नीतिले शेयर बजारमा हरियाली

प्रकाशित मिति

२०८२ असार ३२ गते, बुधबार ०३:२३

असार ३२,२०८२ काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिले शेयर बजारमा उत्साह भरिदिएको छ। शेयर धितो कर्जा सीमा २५ करोड पुर्‍याउने, लघुवित्तको लाभांश क्याप हट्ने सम्भावना, र कर्जा सस्तो हुने संकेतसँगै लगानीकर्ताको आत्मविश्वास बढेको देखिएको छ।

National Life

आजको कारोबारमा नेप्से सूचक ३७.५३ अंकले बढेर २७९७.७१ बिन्दुमा पुगेको छ। ३३० कम्पनीका ४ करोड ३१ लाख कित्ता शेयर किनबेच हुँदा कारोबार रकम १४ अर्ब ३ करोड रुपैयाँ पुगेको छ।

आज १३ वटै उपसूचकमा हरियाली आएको छ। विकास बैंक समूह ३.७१%, वाणिज्य बैंक १.७४%, फाइनान्स ०.७३% र माइक्रोफाइनान्स २.०४% ले उकालो लागेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया