• १४ असोज २०८३, बुधबार
  • ८ः२५ बिहान

हिम स्टार उर्जाको आईपीओ बाँडफाँड, १८ लाखभन्दा बढीको हात खाली

प्रकाशित मिति

२०८२ असार ३२ गते, बुधबार ०३:५६

असार ३२,२०८२ काठमाडौं । सर्वसाधारणका लागि निष्काशन गरिएको हिम स्टार उर्जा कम्पनी लिमिटेको प्राथमिक शेयर (IPO) बाँडफाँड सम्पन्न भएको छ। एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा गरिएको यस सार्वजनिक निष्काशनमा अत्यधिक आवेदन परेपछि गोलाप्रथामार्फत बाँडफाँड गरिएको हो।

National Life

कम्पनीले रु. ३७ करोड ३० लाख  जारी पूँजीको ३०% अर्थात् रु. ११ करोड १९ लाख बराबरको ११,१९,००० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। यसमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १,८६,५०० कित्ता, वैदेशिक रोजगारमा रहेका नेपालीका लागि ९३,२५० कित्ता, कर्मचारीहरूका लागि १८,६५० कित्ता, र सामूहिक लगानी कोषहरूका लागि ४६,६२५ कित्ता आरक्षित गरिएको थियो। बाँकी ७,७३,९७५ कित्ता शेयर सर्वसाधारणका लागि साउन ६ गतेसम्म बिक्री खुला गरिएको थियो।

शेयरका लागि देशभरबाट कुल २०,४४,४५६ जनाले २,४०,१३,९७० कित्ता शेयर माग गर्दै आवेदन दिएका थिए। विभिन्न प्राविधिक र प्रमाणिकरण कारणले १,४४,१६७ जना आवेदकको आवेदन रद्द गरिएको थियो। बाँकी १८,९५,३७६ जनाको आवेदनलाई मान्य ठहर गरी गोलाप्रथामार्फत बाँडफाँड गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

गोलाप्रथामा परी १० कित्ता देखि १०,००० कित्तासम्म शेयर माग गर्ने ७७,३९७ जना आवेदकलाई मात्र शेयर प्राप्त भएको छ। बाँकी १८ लाखभन्दा बढी आवेदक खाली हात परेका छन्। बाँकी रहेको ५ कित्ता शेयर थप ५ जनालाई १/१ कित्ता गरी पुनः गोलाप्रथाबाट वितरण गरिएको छ।

प्रतिकृया