• ४ साउन २०८३, सोमबार
  • ३:०२ बिहान

मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ

प्रकाशित मिति

२०८२ असार ३२ गते, बुधबार ०२:४४

असार ३२,२०८२ सिराहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहलाई एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले उनलाई बुधबार दिउँसो करिब पौने २ बजे नगरपालिका कार्यालयबाटै नियन्त्रणमा लिएको हो।

अख्तियार स्रोतका अनुसार, मेयर साहले एक उपभोक्ता समितिबाट पूर्ण भुक्तानीका लागि एक लाख रुपैयाँ घुस लिइरहेका बेला रंगेहात समातिएका हुन्। हाल अख्तियारको टोलीले घटनास्थलमा मुचुल्का तयार पार्दै थप अनुसन्धान गरिरहेको छ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया