• १५ असोज २०८३, बिहीबार
  • १२ः०९ दिउँसो

कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ:राजकुमार गुप्ता

प्रकाशित मिति

२०८२ असार ३१ गते, मंगलवार ०१:०५

असार ३१,२०८२ काठमाडौं । घुस लेनदेनसम्बन्धी अडियो प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका छन्। गुप्ताले आफूमाथि लागेको आरोपको निष्पक्ष अनुसन्धान होस् भन्ने उद्देश्यले पदबाट राजीनामा दिएको बताएका छन्।

National Life

राजीनामा दिएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफू ‘प्रविधिको उच्चतम प्रयोग’ को शिकार भएको जिकिर गर्दै यस्ता घटनाको शिकार अरु कोही नहोउन् भन्ने आशा व्यक्त गरेका छन्।

उनले लेखेका छन्, ‘बिगत केहि दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिल सगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ । कहिले काहि नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भए । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्मान्निय प्रधान मन्त्रि समक्ष सामान्य प्रशासन मन्त्रि पदबाट राजिनामा गरेको छु ।
प्रबिधिको उच्चतम प्रयोगको शिकार अब अरु कोहिपनि नबनुन भन्ने अपेक्षा गर्दै आजसम्मा बिभिन्न रुपले आफुलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछु । अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारि बोधका साथ पार्टिले दिएको जिम्मेवारि इमान र निस्ठाको साथ पुरा गर्ने प्रतिब्दताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।,

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया