• २१ असोज २०८३, बुधबार
  • ४ः४६ बिहान

राष्ट्रपति पौडेलद्वारा तीन महत्वपूर्ण विधेयक प्रमाणीकरण

प्रकाशित मिति

२०८२ असार ३० गते, सोमबार ०४:५२

असार ३०,२०८२ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित तीन विधेयक प्रमाणीकरण गरेका छन्। संविधानबमोजिम संसदबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेस भएका ती विधेयकहरू सोमबार प्रमाणीकरण भएका हुन्।

National Life

प्रमाणीकरण गरिएका विधेयकहरूमध्ये आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सञ्चित कोषबाट सेवा तथा कार्यका लागि रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धी विधेयक प्रमुख रहेको छ।

साथै, राष्ट्रपतिले नेपाल सरकारको आर्थिक प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक र राष्ट्र ऋण उठाउने अधिकार सम्बन्धी व्यवस्थाका लागि बनेको विधेयक पनि प्रमाणीकरण गरेका छन्। यी तीन विधेयक आगामी आर्थिक वर्षका लागि बजेट कार्यान्वयन, आर्थिक दायित्व व्यवस्थापन, तथा सरकारको राजस्व र ऋण सञ्चालनसम्बन्धी कानुनी आधार निर्माणका दृष्टिले महत्वपूर्ण मानिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया