मन्त्री गुप्ताको चेतावनी : घुस प्रमाणित भए नागरिकता त्यागी देश छोड्ने
प्रकाशित मिति
२०८२ असार ३० गते, सोमबार ०२:४३
असार ३०,२०८२ काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस डिलको अडियो आफूसँग सम्बन्धित नरहेको दाबी गर्दै आरोप प्रमाणित भए नागरिकता त्यागेर देश छोड्ने घोषणा गरेका छन्।
एक टेलिभिजन अन्तर्वार्तामा गुप्ताले अडियो प्रविधिको दुरुपयोगबाट बनाइएको भन्दै यो राजनीतिक चरित्र हत्याको षड्यन्त्र मात्र भएको बताए। उनले भने, “मलाई प्रमाण दिनुस्, म तत्काल राजीनामा दिन्छु। प्रमाणित भए नागरिकता नै छोड्छु।”
कर्मचारी सरुवा र भूमि आयोग अध्यक्ष नियुक्तिमा ५३ लाख र २५ लाख घुस डिल भएको अडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका हुन्। अडियोमा भूमिमन्त्री बलराम अधिकारीको नाम पनि मुछिएको छ।
घुसको उजुरी असार १० गते अख्तियारमा दर्ता भइसकेको छ। प्रधानमन्त्रीको सचिवालयले यस विषयमा गम्भीर चासो व्यक्त गर्दै आवश्यक कदम चाल्ने तयारी गरिरहेको छ।








प्रतिकृया