शेयरधितो कर्जाको सीमा बढ्यो,लगानीकर्तालाई राहत
प्रकाशित मिति
२०८२ असार २७ गते, शुक्रबार ०१:१९
असार २७,२०८२ काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा सेयर धितो कर्जाको सीमा बढाएको छ। गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार नीति सार्वजनिक गर्दै व्यक्तिका लागि दिइँदै आएको सेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड पुर्याइएको घोषणा गरे।
हाल बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितोमा धितोको पछिल्लो १८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ७० प्रतिशतसम्म कर्जा दिँदै आएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार, गत जेठ मसान्तसम्म सेयर धितो कर्जाको कुल प्रवाह १ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ।
विश्लेषकहरूले कर्जाको सीमा वृद्धि शेयर बजारमा तरलता थप्ने र लगानीकर्ताको पहुँच विस्तार गर्ने संकेतका रूपमा लिएका छन्। यसले विशेषगरी ठूलो लगानी क्षमता भएका लगानीकर्तालाई थप सुविधा पुर्याउने अपेक्षा गरिएको छ।








प्रतिकृया