• १ असोज २०८३, बिहीबार
  • ११ः१९ बिहान

नेशनल लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्री खुला

प्रकाशित मिति

२०८२ असार २६ गते, बिहीबार १०:२१

असार  २६, २०८२ काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आठ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ७० हजार १५९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।

National Life

यसअघि कम्पनीले यी शेयर अन्य विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गरेको थियो। तर तोकिएको अवधिसम्म खरीद आवेदन नआएपछि कम्पनीले अब सर्वसाधारण व्यक्ति वा संस्थाहरूलाई समेत आवेदन दिन आह्वान गरेको हो।

शेयर खरीदमा इच्छुक व्यक्ति वा संगठित संस्थाले अबको १५ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा–१० स्थित कम्पनीको केन्द्रीय कार्यालयमा लिखित आवेदन दिनुपर्ने कम्पनीले जानकारी दिएको छ। यस संस्थापक शेयर बिक्रीसँगै बजारमा लघुवित्त कम्पनीको शेयरप्रतिको चासो झनै बढ्ने अनुमान गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया