• २१ असोज २०८३, बुधबार
  • ४ः५४ बिहान

गृहमन्त्री लेखकको चुनौती: “प्रधानमन्त्रीसँग स्पेन गएकामध्ये नफर्किएको को हो, देखाउनुस्”

प्रकाशित मिति

२०८२ असार २५ गते, बुधबार ०५:३१

असार  २५, २०८२ काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्रीसँगको स्पेन भ्रमणमा गएकामध्ये कोही पनि उतै बसेको भन्ने दाबी असत्य भएको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रमणमा जानेहरूको नाम मन्त्रिपरिषद्ले स्वीकृत गरेर पठाइने भएकाले सबै जना फर्किएको स्पष्ट पारे।

National Life

“प्रधानमन्त्रीसँग गएकामध्ये उतै बसेको भन्ने कुरा उठेको छ,” मन्त्री लेखकले भने, “को नफर्केका हुन्, देखाउनुस्। अनुमान र कल्पनामा आधारित कुरा सदनमा नबोल्नु राम्रो हुन्छ।”

यो विषय रास्वपाकी सांसद सोविता गौतमले सदनमा उठाएकी थिइन्। त्यसप्रति प्रतिक्रिया दिँदै गृहमन्त्री लेखकले सदनको गरिमा कायम राख्दै जिम्मेवार रूपमा सत्य तथ्यमा आधारित कुरा मात्र बोल्न आग्रह गरे। साथै, गृहमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको विगतमा भएको अमेरिका यात्रा सम्बन्धमा पनि प्रस्ट पार्न माग गरेका छन्। उनले लामिछाने कुनै समय भिजिट भिसामा अमेरिका गएको सुनेको भन्दै सो कुरामा स्पष्टता दिन आग्रह गरे।

Classic Tech Mobile
Classic Tech Desktop

“रवि लामिछानेज्यू भिजिटरको रुपमा अमेरिका जानुभएको हो कि होइन? के भिसामा जानुभएको हो? त्यो जानकारी गराउनु हुन आग्रह गर्दछु,” मन्त्री लेखकले भने।

प्रतिकृया