• २१ असोज २०८३, बुधबार
  • ४ः५२ बिहान

पहिरोमा परेर बुबाको मृत्यु, छोरा बेपत्ता

प्रकाशित मिति

२०८२ असार २५ गते, बुधबार ०४:३१

असार  २५, २०८२ काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–३ लुप्सीपारमा पहिरोले पुर्दा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार ३५ वर्षीय जगेन्द्र विकको घटनास्थलमै मृत्यु भएको हो भने उनका अन्दाजी १३ वर्षीय छोरा सरोज विक बेपत्ता छन्। दुबै जना घर नजिकैको बारीको पाखामा घाँस काट्ने क्रममा माथिबाट आएको अचानक पहिरोमा परेका थिए।

National Life

बेपत्ताको खोजी कार्य जारी रहेको र खोज तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सोमढास ढकालको नेतृत्वमा प्रहरी, जनप्रतिनिधि र स्थानीयवासी घटनास्थलमा खटिएको जिल्ला प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया