• २१ असोज २०८३, बुधबार
  • ४ः५२ बिहान

त्रिवि उपकुलपतिमा डा. दीपक अर्याल नियुक्त

प्रकाशित मिति

२०८२ असार २५ गते, बुधबार ०२:१३

असार  २५, २०८२ काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा डा. दीपक अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले सिफारिस सूचीबाट प्रा. डा. अर्याललाई नियुक्त गरेका हुन्।

National Life

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा गठित सिफारिस समितिले यही असार २३ गते उपकुलपतिका लागि तीनजनाको नाम प्रधानमन्त्रीसमक्ष पेश गरेको थियो। सिफारिसमा वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्रा. डा. खड्ग केसी, त्रिविको विज्ञान संकायका पूर्व डीन प्रा. डा. विनिल अर्याल, र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा. दीपक अर्यालको नाम परेको थियो।

यसअघि उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले गत चैत २८ गते पदबाट राजीनामा दिएका थिए। त्यसपछि प्रधानमन्त्री ओलीले चैत ३१ गते शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीलाई तीन महिनासम्मका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया