• २१ असोज २०८३, बुधबार
  • ५ः०० बिहान

धादिङको त्रिशूली नदी किनारमा २ पुरुषको शव फेला

प्रकाशित मिति

२०८२ असार २४ गते, मंगलवार १०:४६

असार २४, २०८२ धादिङ । धादिङको त्रिशूली नदी किनारमा दुई पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गल्छी गाउँपालिका–२ क्यरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली खोलाको किनारमा शवहरू फेला परेका हुन्।

National Life

प्रवक्ता डिएसपी सुवास हमालका अनुसार शवको अवस्था हेर्दा हालैको घटनाबाट मृत्यु भएको अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको छ।

प्रतिकृया